FOLLOW US ON:
  • Email Login

    संयुक्त सर्वेक्षण कार्य सम्पन्न

    dsc02054

    संयुक्त सर्वेक्षण कार्य सम्पन्न

    रावाखोला जलविद्युत आयोजनाको संयुक्त सर्वेक्षण कार्य सम्पन्न भएको छ ।

    सर्वेक्षण कार्य मिति २०७३ आसोज ६ गते प्रारम्भ भई कार्तिक ७ गते सम्पन्न भएको हो । सर्वेक्षण शुरु भएको समयमा मौसमको प्रतिकुलता तथा दशैँको प्रभावका कारण बीचमा स्थगीत भएको उक्त कार्य कार्तिक १ गते बाट पुन शुरु भई सोही महिनाको ७ गते सम्पन्न भयो ।

    सर्वेक्षण कार्यमा आयोजनाको निर्माण व्यवस्थापक तथा सुपरिवेक्षक सिप्याड हाइड्रो कन्सलट्यान्ट प्रा.लि., सिभिल निर्माण ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्सट्रक्सन प्रा. लि. तथा आयोजना विकास कम्पनी को सहभागिता रहेको थियो । उक्त कार्यमा तीन जना इन्जिनीयर, १ जना प्रशासक, ४ जना सर्वेयर तथा ७ जना सहयोगी गरी जम्मा १५ जनाको टोली सहभागी भएका थिए ।