FOLLOW US ON:
  • Email Login

    रावाखोलामा ५ बैंकको ८७ करोड लगानी

    rawakhola-445x300
    24 Aug 2016

    काठमांडौ, २६ माघ – साढे ६ मेगावाट क्षमताको रावाखोला जलविद्युत् आयोजनामा नेपाल बैंकको अगुवाइमा ५ बैंकले साढे ८७ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।
    गैरआवासीय नेपालीसमेतको साझेदारीमा निर्माण हुन लागेको आयोजनामा लगानी गर्ने विषयमा प्रवद्र्धक दूधकोसी पावर कम्पनी र नेपाल बैंकबीच सोमबार ऋण सम्झौता भएको छ । आयोजना बनाउन १ अर्ब २५ करोड रुपैयाँ लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । बाँकी रकम प्रवद्र्धकको लगानी हुनेछ । ऋण लगानी सम्झौतासँगै आयोजना बन्ने निश्चित भएको छ । कम्पनीले प्रभावित स्थानीय बासिन्दालाई सेयरसमेत दिने कम्पनीले जनाएको छ ।
    आयोजनामा नेपाल बैंकसहित प्रभु र सिटिजन्स बैंकका साथै काष्ठमण्डप डेभलपमेन्ट बैंक र भिबोर विकास बैंकले पनि लगानी गर्नेछन् । आयोजना आगामी ३ वर्षमा सम्पन्न गर्ने कम्पनीका प्रवन्ध निर्देशक प्रेम लामाले बताए । उनका अनुसार आयोजनाबाट वार्षिक ३ करोड ७७ लाख युनिट बिजुली उत्पादन हुनेछ ।
    आयोजनास्थल खोटाङको जाल्पा र हँचुर गाविसमा पर्छ । आयोजना आकर्षक भएको कम्पनीका निर्देशक सन्त राईले जानकारी दिए ।